मेरो सपनाको हत्याराका कारण पत्रकारिताबाट पलायन हुँदैछु – Nepal Press
ब्लग

मेरो सपनाको हत्याराका कारण पत्रकारिताबाट पलायन हुँदैछु

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा जन्मिएकी म । मेरो बालापन भने भारतको उत्तराखण्डस्थित पिथौरागड जिल्लामा बित्यो । सानोमा आफ्नो हजुरबुवा र हजुरआमासँग बसेकाले होला म रेडियोतिर निकै आकर्षित थिएँ । उहाँहरु धेरै नै रेडियो सुन्नुहुन्थ्यो । म त्यही हुन्थें, अनि रेडियो सुन्दै गर्दा मनमा विभिन्न प्रश्नहरु आउँथे । यति सानो डब्बाभित्र कसरी मान्छे अटाएको होला भनेर जान्न मन लाग्थ्यो । म पनि यसरी बोल्न सकुँला र भन्ने सोचहरु आउँथे ।

समय बित्दै गयो । म ६ कक्षामा पुगें । त्यसपछि आफूसँगै बसाएर छोरीको पढाइ राम्रो होला भनेर बुवाले आफू भएकै ठाउँमा अर्थात कञ्चनपुर लिएर आउनुभयो । जिल्ला सदरमुकाममै बसेर मेरो बाँकी अध्ययन सुरु भयो । सानैबाट मलाई धेरै अतिरिक्त क्रियाकलापहरु गर्न मन हुन्थ्यो । सधैंजसो नयाँ कुरा सिक्न आतुर हुन्थें । समय बित्दै जाँदा कञ्चनपुरमै मैले १२ कक्षाको परीक्षा दिएँ । र, त्यही रिजल्ट आउन पर्खनुपर्ने ३ महिनाको अन्तरालमा परिवारले ‘त्यो फिल्ड छोरी मान्छेका लागि ठीक छैन’ भनी विरोध गरिरहँदा पनि पत्रकारिताको यात्रा तय गरें ।

आफू सही भए कसले के गर्छ भनेर त्यहाँको स्थानीय ‘रेडियो कञ्चनपुर’बाट काम सिक्ने रहर मैले पूरा गरें । त्यही बोल्ने र कार्यक्रम चलाउने रहर पूरा हुन थालेको थियो । त्यो समय आजभन्दा ठीक ५ वर्षअघिको थियो ।

त्यही क्रममा विस्तारै पत्रकारिताको परिभाषा बुझें । यसबाट के उपलब्धि हुन्छ भन्ने थाहा पाएर म झनैपत्रकारितामा आकर्षित भएँ । अब यसलाई नै पेशा बनाउँछु भनेर म लागिपरें । नेपाली टाइपदेखि लिएर समाचार लेखन, स्टोरी तथा आर्टिकल लेख्न सिकें । कुनै समाचारमा आफ्नो बाइलाइन देख्दा मन हुरुक्कै हुन्थ्यो । अझ केही विशेष समाचारलाई अरु भन्दा पहिले नै लेखेर प्रकाशन गर्न पाए आनन्द लाग्थ्यो । सधैं केही तार्किक कार्य गर्छु, आमाबाबाद्वारा सजाइएका ती सपनाका तस्बिरलाई वास्तविक विपना बनाइदिन्छु । समाजमा कद उच्च राखी कसैको प्रेरक बन्नेछु । सिकून् न केही ! फलानाको छोरीबाट भन्ने थेगो ममा थियो । म त्यो स्थान स्थापित गर्न चाहन्थे ।

मैले हार मानेको छु । यहाँ केही गर्छु भनेर आँट गर्नेलाई बारम्बार लडाइन्छ । यतिसम्म कि मर्नसम्म बाध्य गराइन्छ । लक्ष्यलाई सजाउँदा जीवनमा सपना देख्नु र त्यसको यसै अवसान हुनु कतिसम्मको दुःखाइ महसुस हुन्छ, हामी कति बेला कल्पना पनि गर्न सक्दैनौं ।

तर, आज आएर म सकिरहेकी छैन । मैले हार मानेको छु । यहाँ केही गर्छु भनेर आँट गर्नेलाई बारम्बार लडाइन्छ । यतिसम्म कि मर्नसम्म बाध्य गराइन्छ । लक्ष्यलाई सजाउँदा जीवनमा सपना देख्नु र त्यसको यसै अवसान हुनु कतिसम्मको दुःखाइ महसुस हुन्छ, हामी कति बेला कल्पना पनि गर्न सक्दैनौं । खैर, केही क्षणका लागि सबै छोडेर आफ्नो यात्रा अर्कै बाटो तय गरी हिँड्न खोज्दा पनि समाजका केही कलंकहरु हिँड्नै दिँदैनन् ।

पहिलो घटना

रेडियो पत्रकारिता गर्दै जाँदा म सुदूरपश्चिम प्रदेशकै पहिलो रङ्गीन पत्रिका पश्चिम टुडे र रेडियो पश्चिम टुडमा आवद्ध भएँ । पश्चिम टुडेको टीम एकदमै राम्रो थियो । सबैजना सहयोगी थिए । तर, त्यसमा एकजना डेस्कमा काम गर्ने थिए । उनी समाचार अनलाइनमा अपडेट गर्न नमान्ने र ‘आई लभ यू’ भन अनि पोष्ट गर्छु भनेर मेसेज गर्थे ।

त्यो कुरा सहनै सकिएन । दिनभरि घामपानी, भोकप्यास केही नभनी दुर्गमका गाउँ गएर रिपोर्टिङ गर्नुछ । फेरि समाचार डेस्कबाट त्यस्तो कुरा सुन्दा रिस उठ्यो । मैले उसका मेसेजको स्क्रिनसट गरेर न्यूज टीमको ग्रुपमै पठाएँ । त्यहाँ मैले पश्चिम टुडेका मालिक दीर्घराज उपाध्याय सरको साथ पाएँ । त्यसपछि ती व्यक्तिले माफी मागे । उनलाई त्यहाँबाट निकाल्ने कि के गर्ने भनेर दीर्घराज सरले मलाई सोध्नुभयो । मैले पहिलो गल्ती माफ गरौं सर भनें । त्यसपछि त्यो सबै भुलेर कामलाई निरन्तरता दिएँ ।

दोस्रो घटना

२०७६ सालको संविधान दिवसमा जिल्लाकै बेदकोट नगरपालिकाले आयोजना गरेको कार्यक्रममा त्यहाँका नगर प्रमुखकै आग्रहमा मैले गजल वाचन गरेकी थिएँ । त्यो गजलको भिडियो मैले दाइ भनेर सम्बोधन गर्ने एक टेलिभिजनका पत्रकारले क्यामेरामा कैद गरेका थिए ।

कार्यक्रम सकेर घर फर्केपछि मैले उनीसँग भिडियो मागें । उनले साइज ठूलो भएकाले भोलिपल्ट पेनड्राइभ लिएर कार्यालयमा आउन आग्रह गरे । मैले सजिलै हस् भनें । डराउनुपर्ने कारण थिएन । पत्रकार समाजको चौथो अंग अनि दाइ भनेर सम्बोधन गरे पनि उनी बुवाकै उमेरका थिए ।

भोलिपल्ट बिहान त्यही अफिस टाइममा उक्त टेलिभिजनको कार्यालयमा भिडियो लिन गएँ । भिडियो डेस्कटपमा राखेको थियो । उनले कपी गर म काम गर्दैछु भनेर मोबाइल चलाइरहे ।

ठ्याक्क कुर्सीमा बसेर माउस समात्ने बेला उनले आएर त्यही हात समाए र किस गर्ने आँट गरे । जिल्लामा केही समयअघि निर्मला पन्तको भयानक घटना घटेकाले म निकै डराएँ । उसको गलत नियत थाहा पाएर म त्यहाँबाट भिडियो नलिएरै भागें ।

पुरुष कतिसम्म निच हुँदा रहेछन् भनेर त्यो घटनाले सिकायो । त्यसपछि म सधैं सावधान हुन खोजें । तर, त्यो घटनाबारे घरमा भन्न डराएँ । किनकि पत्रकारिता मेरो आफ्नो रोजाइ थियो । जिल्लामा हुँदा घटेका यी दुवै घटनाबारे मैले कसैलाई नभनेको भने होइन ।

जसलाई भोगेका कुरा भनेको थिएँ, उनीहरुले पनि कुनै सल्लाह दिएनन् । जसको सजाय अहिलेसम्म भोगिरहेकी छु । आजसम्म सहेर बसेकी थिएँ । तर, मेरो घरैसम्म उल्टै कुरा लाउन थालेपछि अहिले असह्य भएर यो कथा लेख्दैछु ।

त्यहाँका सिनियर पत्रकारलाई मैले शेयर गरें । उनीहरुले मेरो मुख अगाडि मात्रै त्यो मान्छे घटिया हो भनेर मेरो चित्त बुझाउन खोजे । तर, तिनै मान्छेलाई ‘इन्दुले तँलाई यस्तो भनेर बदनाम गर्दैछ’ भनेर उल्टै उनीहरुको कान भरेछन् ।

उमेरले सानै भएकाले अब कस्तो कदम चाल्ने भनेर मैले भेउ पाइनँ । जसलाई भोगेका कुरा भनेको थिएँ, उनीहरुले पनि कुनै सल्लाह दिएनन् । जसको सजाय अहिलेसम्म भोगिरहेकी छु । आजसम्म सहेर बसेकी थिएँ । तर, मेरो घरैसम्म उल्टै कुरा लाउन थालेपछि अहिले असह्य भएर यो कथा लेख्दैछु ।

ती पत्रकारले मेरो बदनाम गरिस् भने ठीक हुँदैन भनेर मलाई महेन्द्रनगरमा दुई वर्ष अगाडि अर्का पत्रकारकै अगाडि धम्की दिएको थियो ।

तिमीलाई कञ्चनपुरमा बस्न नसक्ने बनाउँछु भनेपछि म डराएँ । यो सब झमेलाबाट टाढिनुपर्छ भनेर मैले काठमाडौंको यात्रा तय गरें ।

तेस्रो घटना

कञ्चनपुरको बसाइ बिट मारेपछि म संघीय राजधानी छिरें । ठ्याक्कै ग्यालेक्सी टेलिभिजन खुल्ने तयारी भइरहँदा विभिन्न अनलाइन मिडियाले ग्यालेक्सीसँग समय मागेर आफ्नो कार्यक्रम चलाउने निर्णय गरेको थियो ।

जसमा मैले जिल्लाबाट काम गर्दै आएको नेपाली पत्रिकाले पनि ‘ग्यालेक्सी दिस मर्निङ सो’ बिहान ४ घण्टा समय लिएर चलाउने निर्णय गरेको रहेछ ।

पुरानै स्टाफ भएकाले होला ‘तपाईंको लेखाइ राम्रो छ इन्दु, हामीलाई काठमाडौं डेस्कमै कन्टेन्ट राइटर आवश्यकता छ’ भनेर अवसर दिइयो ।

त्यही आधारमा काठमाडौं आउने मेरो योजना पक्का भएको थियो । अरु कर्मचारीभन्दा बढी तलब दिएर मलाई ग्यालेक्सी दिस मर्निङ सो चलाउने टीमका प्रबन्धक राज हुमागाईंले बोलाए ।

त्यहाँ काम गर्दै जाँदा एकदिन राज हुमागाईंले कार्यालयभित्रैको स्टाफ रुममा एक्लै भएको बेला त्यहाँकै एक कर्मचारीसँग बिहे गर्ने भनेर बोलाएको हो भन्ने कुरा गरे ।

जब कि मेरो त्यस्तो कुरै भएको थिएन । ती व्यक्ति कञ्चनपुरकै थिए । उनी राज हुमागाईंसँग एउटै फ्ल्याटमा बस्दै आएका थिए । ती व्यक्तिसँग मैले त्यो विषयमा प्रश्न गर्दा केही जवाफ आएन । मैले त्यहाँ बस्न उचित मानिनँ र राजीनामा बुझाएँ । तर, न्यूज टीमको ग्रुपमा उनीहरुको वास्तविक रुप सबैले थाहा पाउन भनेर मेसेज छाडें ।

यो क्षेत्रमा पुरुषहरु त धेरै टिक्न सक्दैनन् भने हजार चुनौती सामना गर्दै पत्रकार बनेकी महिलालाई झन यो क्षेत्रमा चलायमान भइराख्न निकै कठिन छ । पत्रकार महिलालाई बाँच्न कोही कसैसँग चुनौती छ भने त्यो पुरुष सहकर्मीसँग हो ।

मेरा जीवनमा यस्ता किसिमका हिंसाका घटनाक्रम भने निरन्तर चलिरह्यो । उमेरले सानी सोचेर होला, धेरै पुरुषले बेलाबेला बुझ्न खोजिरहे । दाइ भन्दै आएका एकजना महेन्द्रनगरकै क्राइम रिपोर्टर पनि त्यही त्यही प्रवृत्तिका पुरुषमा गनिन्छन् ।

उसले पनि ‘म तिमीलाई बेबी भन्छु है’ भन्दै गलत व्यह‍ोरा देखाइरह्यो । मैले यी सबैसँग केही गर्न नसकेपछि सबैलाई फेसबुकमा ब्लक गरेको छु ।

आफ्ना आफन्त भनाउँदाहरूको डरले कहिल्यै बोल्ने हिम्मत गरिनँ । तर, म काठमाडौंमा आफ्नो काम गरिरहँदा पनि जिल्लामा तिनीहरुले आफूलाई सही र मलाई गलत सावित गराउन मेरोबारेमा दुष्प्रचार गरेको कुरा आफन्त र साथीहरुबाट सुनिन्छ । त्यसले मानसिक तनाव हुन्छ । अझै घरका मान्छेले वास्तविकता नबुझेर रिसाइकराइ गर्ने व्यवहार सही नसक्नु हुन्छ । जसकै कारण म माइग्रेनको शिकार हुन पुगेकी छु ।

यो क्षेत्रमा पुरुषहरु त धेरै टिक्न सक्दैनन् भने हजार चुनौती सामना गर्दै पत्रकार बनेकी महिलालाई झन यो क्षेत्रमा चलायमान भइराख्न निकै कठिन छ । पत्रकार महिलालाई बाँच्न कोही कसैसँग चुनौती छ भने त्यो पुरुष सहकर्मीसँग हो । अझै मैले त यो क्षेत्रमा अग्रज मानिएका आफ्नै क्षेत्रका दिदी पत्रकारबाट सहयोग पाउनुको सट्टा थेग्नै नसक्ने याताना भोगिरहेकी छु । यति भन्दै गर्दा धेरैलाई आफैंलाई तोकेर गाली गरे जस्तो लाग्न सक्छ । मैले यो फिल्ड छाडेर जिन्दगीको बाटो अन्त मोड्दै गर्दा यी कुरा सबैले थाहा पाउन जरुरी छ भन्ने लाग्यो ।

यो क्षेत्रमा संघर्ष गरेर स्थापित हुनै लाग्दा सबैभन्दा नजिकबाट कसैले असहयोग गर्छ भने ती सहकर्मी नै हुन्् । असहयोग पनि कामको दक्षतासँग जोडेर होइन, चरित्र हत्या गरेर ।

फलानोसँग त्यसको राम्रो सम्बन्ध छ । योसँग हिँड्छे । यो सँग बस्छे । फलानो त त्योसँग बोल्छे । यी यस्ता कुरामा चरित्रका हजार अनावश्यक प्रसंग जोडेर ‘रक्सी गफ’ बनाइन्छ ।

अफवाहका रूपमा फैलिएका कुराबारे कति जनालाई स्पष्टीकरण दिँदै हिँड्ने ? कि पत्रकार महिलाले कहाँ जाँदैछु, कोसँग जाँदैछु भन्ने कुरा सबै पुरुष पत्रकारलाई जानकारी गराउनुपर्ने हो ?

सामान्य स्तरका मान्छे, नपढेका अनि केही नबुझेकाहरुले त्यस्तो टिप्पणी गर्दैनन् । यस्ता अफवाह फैलाउनेहरु जो समाजमा उपल्लो दर्जाका मानिन्छन्, उनै हुन् । अझ समाजमा उनीहरूको हैसियत बुद्धिजीवी रे !

आफ्नो दक्षतालाई पो प्रमाणित गर्नुपरोस् । वाह, यसको लेखाइ भनून् । तर, हामी पत्रकार महिलाले ‘चरित्र’ नामको पगरीलाई ‘राम्रो’ सावित गराउनुपर्ने ! कस्तो नियतिबाट गुज्रिरहेका छौं हामी ।

त्यतिमात्रै होइन जुन सञ्चारकर्मी महिला मिडिया हाउसका मालिक वा सिनियर मालिकसँग नजिक भइनन् उनीहरुले निकै दुःख पाउँछन् । स्टुडियोभित्रै नचाहिने हर्कतसम्म गरेका उदाहरण हामीसँग छ ।

जुन पत्रकार महिला स्थानीय सञ्चारमाध्यममा कार्यरत छिन्, उनले यस्ता हर्कतको विरोध गरे जागिरबाटै हात धुनुपर्छ । इज्जत लिलामी गरेर मैले पत्रकारिता गर्न सकिनँ र छोडें । यतिसम्मका हर्कत गर्नेहरुको नाम मैले यही आटिर्कलमा नै मेन्सन गर्छु भनेर लेखेकी पनि थिएँ । तर, उनीहरुले मलाई देखाएको घीनलाग्दो व्यवहारको मसँग सबुत प्रमाण छैन । कानूनले प्रमाण माग्छ । म अहिले कागजी प्रमाण जुटाउन सक्ने अवस्थामा छैन । मैले अहिले कसैको साथ पाएकी छैन । तर, मैले भोगेको यातनामा कुनै कानून आकर्षित हुन्छ भने म तिनीहरूको नामै लिएर कानूनी लडाइँ लड्न तयार छु । मलाई सहयोग चाहिएको छ ।

जसले आफू अनुकूल प्रयोग गर्न खोज्यो, उसले भने जस्तै गर्‍यो भने राम्रो नत्र चरित्रहीन ?

अनि समाज यस्तो छ नि, महिलासँग जोडिएका हल्ला फैलाउने पुरुष हुन्छन् । अनि ‘होइन’ प्रमाणित गर्नुपर्ने चाहिँ स्वयं महिलाले । आफ्नो दक्षतालाई पो प्रमाणित गर्नुपरोस् । वाह, यसको लेखाइ भनून् । तर, हामी पत्रकार महिलाले ‘चरित्र’ नामको पगरीलाई ‘राम्रो’ सावित गराउनुपर्ने ! कस्तो नियतिबाट गुज्रिरहेका छौं हामी ।

मैले पत्रकारितामात्रै छोडेकी छैन, आफ्नो सपनाको, भविष्यको समेत हत्या गरेर यो क्षेत्रबाट बाहिर निस्केकी छु । म अहिले मानसिक रुपमा गलेकी छु, थाकेकी छु । मैले आफ्नै घरमा विद्रोह गरेर रोजेको पेशा छोडेकी छु । म एक पटक फेरि उठ्नेछु, संघर्षको मैदानमा फेरि उभिनेछु । म थाकेकी हुँ, हरेस अझै खाएकी छैन । तर, यात्रा भने पत्रकारिताभन्दा अन्तै कतै हुनेछ । मेरो कलिलो मानसिकतालाई दुरुपयोग गरेर आफू अनुकूल प्रयोग गर्न खोज्ने र मेरा सपनाको हत्यारा कथित पत्रकारलाई मेरो आँसुले सराप्नेछ ।

मेलै नराम्रो विगत सम्झेर भुल्न खोज्दा पनि फेरि घुमिफिरी आइरहने ती घटनाका छालहरुले मेरो मन सधैं बेचैन हुन्छ । केही नयाँ गर्न खोज्दा पनि तिनै कुराले छोपिरहन्छन् ।

(कञ्चनपुरकी पत्रकार इन्दु धामीको ब्लग उनको व्यक्तिगत भोगाइ हो ।)


प्रतिक्रिया

11 thoughts on “मेरो सपनाको हत्याराका कारण पत्रकारिताबाट पलायन हुँदैछु

  1. यस्तै पापिहरुले बाहिर महिला अधिकार का नाराहरु घन्काउदै हिड्छ्न भित्र भित्र आफ्नै सहकर्मी माथी गलत व्यबहार हरेक क्षेत्रमा एस्ता पापी हरुको कमि छैन😡😡😭😭

  2. हाे 100%पुरुष यस्तै हुन्छन । हामि छाेरी मान्छेकाे गलत फाइदा लिन खाेज्छन् । कति बेला त आफू छाेरी हुनमा साह्रै दुः ख लाग्छ 😥

  3. ओहो यस्तो समाजलाई र यी समाजका किराहरुलाई सफाई गर्नै पर्छ। पुरुष जातका दुस्मनहरुको सत्यानास होस्।
    बहिनिलाई न्याय मुलोस् ताकि भोली यो पीडा अरु महिलाहरुले भोग्न नपरिस्।

    1. तपाईं प्रती गिद्देनजर राख्ने ती पापिस्ट पाखण्डि पुरुषको सत्यानास हुनु पर्छ । तपाईको पत्रकारिताको कदर गर्छु म सलाम छ तपाईंलाई। हार नमानुहोस निडर महिला हो तपाई। नारी हो हो तपाई गार्हो छ नारी लाई चुनौती पनि छ तर हरेक खुड्किला पार गर्दै जानुस । सभ्य मान्छे र आर्दसवान ब्यक्तित्वको सदा साथ रहने छ ।

  4. पृतिसत्तमा चुर्लुम डुबेको समाज अनि तेहि समाजाका पुरुष नामधारिहरु लिङ्गलाई जोडेर बडेमान आफुलाई ठान्ने कुपात्राहरु । मैले यहाँ सबै पुरुषलाई भनिरहेको छैन त्यो नबुझुदिनुहोला तर , पत्रकार इन्दुहरु जस्तौ अरु थुप्रै महिलाहरुमाथी गिद्देनजर लगाउने स्तरहिन निज सोच पुरुषहरुलाई अवश्य भनिरहेको छु । समाज प्रदुषित पर्ने कुलङ्गारहरुलाई उचित दण्डको ब्यवस्था भएनभने यस्तोखालका अपराधहरु गरिरहन मनोबल बढिरहन्छ । यस्ताहरुलाई समाजबाटै निरुत्साहित बहिष्कार गर्न जरुरी छ । सामान्य घटनाहरुले नै उग्ररूप लिने गर्दछ । पछिका दिनहरू यस्ता किसिमका घटनाहरु हुननदिनकालागी पनि यिनिहरुको पर्दाफास गर्न जरुरी छ ।

  5. हामी पनि रेडियो पत्रकार हो बैनी यस्ता हरुलाइ हदै सम्मको कारवाही होस हाम्रो साथ रहन्छ ।निच अनि घटिया चुत्तिया हरुको कारण हामी सबै रेडियो कर्मिको ब्येजत हुनु उपयुक्त हामी ठान्दैनौ ।

  6. Well this is the reality of the society. they will never let a female to be a independent women. like you said this is the thing that every girls are facing but they will never rise their voice against it because the are afraid of what people think . sometime they are right as we all know they will definitely blame girl even if she was not wrong. i know there are many girls and boys to who will read this they will feel bad for you but they will never understand that what you were gone through. dear you are very brave hats off for you confidence. do what you can they should be punish. we are with you.

  7. Harek Chhetrama Yasta prabiti Hunchha. Yahi bata Aafulai, Abbal Hun Bhanera, Pusti Garnu Mero Sujhab Ho !

Leave a Reply

Your email address will not be published. Required fields are marked *