सिंचाइ विकास डिभिजन बुटवलका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर – Nepal Press

सिंचाइ विकास डिभिजन बुटवलका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, इञ्जिनियर सन्तोषकुमार दास र लेखापाल नेत्रप्रसाद मरासिनीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भूमिगत जलस्रोत र सिंचाइ निर्माणसम्बन्धी ठेक्कामा कामै नगरी रकम भुक्तानी दिएको भन्दै उनीविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले भोलेबाबा कन्स्ट्रक्सन, त्यसका ठेकेदार सुक बहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पम्पहाउस, स्टोरेज ट्यांकी र वितरण प्रणाली निर्माणको ठेक्कामा हुँदै नभएको काम भएको भनी रकम भुक्तानी दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले कार्यालय प्रमुख श्रेष्ठ, इञ्जिनियर दास र लेखा प्रमुख नेत्रप्रसाद मरासिनी, माथि ५३ लाख ७५ हजार बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ ।

निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिलाई भने अख्तियारले ६३ लाख सात हजार रुपैयाँ बिगो मागदाबी गरी मुद्दा चलाएको छ । उनीहरूमाथि नगरेको कामलाई बढी काम गरेको देखाउन झुट्टा बिल बनाउन लगाएको आरोप छ ।

यस्तो छ आरोप पत्र

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *