सिंहदरबार शीर्ष बैठक- ओली बाहिरिए, पूर्णबहादुर भित्रिए


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले तरंग पैदा भइरहेको बेलामा सिंहदबारमा शीर्ष नेताहरूको भेटवार्ता बाक्लो छ । तीन दलका शीर्ष नेताहरुको बैठक सकिएपछि सत्ता गठबन्धन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
बैठकबाट एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । उनले कुनै प्रतिक्रिया दिन मानेनन् । ओली बाहिरिएपछि उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का प्रवेश गरेका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा पनि छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेर हाइ प्रोफाइल नै मुछिरहेका बेला शीर्ष नेताहरूको दौडधुपलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
आजैमात्रै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन् । रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ ।