संस्थापन इतरका ३० कांग्रेसका नेताले गृहमन्त्रीलाई भेटेरै दिए धन्यवाद, भ्रष्टाचारको जरोकिलो उखेल्न आग्रह – Nepal Press

संस्थापन इतरका ३० कांग्रेसका नेताले गृहमन्त्रीलाई भेटेरै दिए धन्यवाद, भ्रष्टाचारको जरोकिलो उखेल्न आग्रह

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कदमप्रति कांग्रेसका नेताहरुले ऐक्यबद्धता जनाएका छन् ।

कांग्रेसका नेताहरु रन्जित कर्ण, गुरुराज घिमिरे, गोबिन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्य लगायतको नेता, कार्यकर्ताको टीमले गृहमन्त्री श्रेष्ठलाई भेटेर समर्थन जनाएका हुन् । संस्थापन इतरका ३० कांग्रेसका नेताहरूले गृहमन्त्रीलाई भेटेरै दिए धन्यवाद दिँदै भ्रष्टाचारको जरोकिलो उखेल्न आग्रह गरेका हुन् ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने बताए ।

कांग्रेस नेताहरुसँग गृहमन्त्री श्रेष्ठले भने, ‘भ्रष्टाचार र कमिसनखोरको प्रवृत्ति नतोडेसम्म मुलुक बन्दैन । यो विषयमा सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास तपाईंहरुलाई दिलाउन चाहन्छु ।’

कांग्रेस नेता तथा पूर्वगृहमनत्री बालकृष्ण खाँणसहित १२ जना पक्राउ परिसकेका छन् । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी भने फरार छन् ।

यस्तै, कांग्रेस सांसद्वय आरजू राणा र मञ्जु खाँणको पनि नाम मुछिएको छ । सांसद राणा कांग्रेस सभापति शेरबहादुर देउवाको पत्नी हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर