टोपबहादुरलाई एमालेको आग्रह- अनुसन्धानमा सघाउनुस् (भिडिओ) – Nepal Press

टोपबहादुरलाई एमालेको आग्रह- अनुसन्धानमा सघाउनुस् (भिडिओ)

काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सघाउन आग्रह गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका उपमहाचिव तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पार्टीको बैठकले पनि अनुसन्धानमा सघाउन निर्देशन दिइसकेको बताए ।

उनले विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक भइरहेको छानबिनलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

उनले भने, ‘सरकारले दायाँबायाँ तलमाथि नगरिकन दोषीहरू कोही पनि नछुटुन् । निर्दोष कोही पनि नपरुन् अभियानका साथ लागोस् । एमाले सहयोग र समर्थन गर्न तयार छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर