सुशासनको पक्षमा सरकार नराम्रो गर्दै नगर्ने अठोटका साथ अघि बढेको छ : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

सुशासनको पक्षमा सरकार नराम्रो गर्दै नगर्ने अठोटका साथ अघि बढेको छ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनको पक्षमा सरकार दृढ रहेको बताएका छन् ।

निर्मल लामा स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सरकारले साना ठूला गरी राम्रा काम मात्रै गर्ने, राम्राबाहेक अरु काम नगर्ने अठोट लिएर अघि बढेका छौं ।’

सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति इमान्दार क्रान्तिकारी, बुद्धिजीवि नागरिकको साथ आवश्यक भएको बताए । अहिले पनि राजनीति अप्ठ्यारो परिस्थितिमा भएपनि दृढ संकल्पको साथ अघि बढेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर