शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन सभामुखले गरे रुलिङ – Nepal Press

शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन सभामुखले गरे रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई चाँडोभन्दा चाँडो संसदलाई सो प्रकरणको सम्बन्धमा जानकारी गराउन सभामुखको रुलिङको माग गरेका थिए । संसद बैठकमा जानकारीको माग उठेपछि सभामुखले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘माननीय सदस्यहरू अहिले उठेका विषयमा म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी, राज्यविरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज कीर्तेसम्बन्धीको अपराध रहेको भन्दै संलग्नलाई कुनैपनि हालतमा छुट दिनु नहुने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर