राष्ट्रपतिलाई एमाले सांसदको सुझाव- नागरिकता विधेयक जारी गर्न खोजेर संसदको अधिकार नखोस्नुस् (भिडिओ) – Nepal Press

राष्ट्रपतिलाई एमाले सांसदको सुझाव- नागरिकता विधेयक जारी गर्न खोजेर संसदको अधिकार नखोस्नुस् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले राष्ट्रपति रामचन्द्र पौडेललाई संसदको अधिकार नखोस्न आग्रह गरेका छन् ।

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट अनुमोदन भएर गएपछि रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणिकरण गर्न छलफल थालेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘म सरकारलाई आग्रह गर्छु नागरिकता विधेयक तुरुन्त प्रतिनिधि सभामा ल्याएर दर्ता गरोस् । हामीले छलफल गरेर पारित गर्न तयार छौं । तर, धुलो लागेर बसेको विधेयकलाई टक्टक्याउँदै राष्ट्रपतिले झिकेर जारी गर्न मिल्छ कि मिल्दैन भनेर छलफल गर्न संविधानले दिन्छ ?’

संविधानको संरक्षकले संविधानविपरीत कार्य गर्न नहुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर