एमाले सचिवालय बैठक: रायमाझीले अनुसन्धानलाई सघाउनुपर्ने निर्णय, कारबाहीमा हतार नगर्ने

२०८० वैशाख २६ गते १८:०५

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय लिएको छ । रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
बैठकपछि पत्रकारहरुसँग बोल्दै गुरुङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्नेमा जोड दिइएको उल्लेख गरे ।
रायमाझीलाई निष्कासित गर्नसक्ने विषयमा पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छ र ? दोषी ठहर भइसकेको छ र ? अहिले त अनुसन्धानको प्रारम्भमात्रै छ । यस्ता कुरामा हतार गरेर हुँदैन ।’
प्रतिक्रिया