लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. केसी नियुक्त – Nepal Press

लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. केसी नियुक्त

रूपन्देही । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्ष डा. नहकुल केसी नियुक्त भएका छन् ।

प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा केसीलाई नियुक्त गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा. केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

उपाध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुन् । लामो समयदेखि स्थानीय विकासको क्षेत्रमा क्रियाशील डा. केसी ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन् ।

गरिबी निवारण कोषको पूर्व कार्यकारी निर्देशक रहेका केसी अफगानिस्थानमा विकाससंग जोडिएर दशक वढी काम गरेका थिए । तुलसीपुर उपमहानगरपालिका-६ को स्थायी बासिन्दा हुन् ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *