भ्रष्टाचारमा पाँच वर्षे हदम्याद स्वीकार्य छैन, फाइल हाेइन अब फायर खोल्नुपर्छ: विश्वप्रकाश शर्मा (भिडिओ) – Nepal Press

भ्रष्टाचारमा पाँच वर्षे हदम्याद स्वीकार्य छैन, फाइल हाेइन अब फायर खोल्नुपर्छ: विश्वप्रकाश शर्मा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकलाई स्थिरतातर्फ लाने भन्दै गर्दा एउटै प्रधानमन्त्रीलाई पाँच वर्षसम्म निरन्तरता दिन्छौं भन्न नसकेको स्वीकार गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्षी दलका सबैले यो संसदलाई पाँच वर्ष कायम गरेर जानेमा प्रतिबद्धता गर्नुपर्ने बताए ।

संसदको स्थिरताको जगमै मुलुकको समृद्धि खोजी गर्न सकिने उनको भनाइ छ । सांसद शर्माले नीतिगत सुधार गर्न सरकारले भ्रष्टाचार छानबिन गर्न कुनै पनि हदम्याद राख्न नहुने बताए ।

उनले भने, ‘अर्थमन्त्रीले एकातिर शून्य सहनशीलताको नीति लेख्नुभएको छ । अर्कोतर्फ सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधनमा भने भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षको हदम्यादको प्रस्ताव राखिएको छ । यो विरोधाभाषपूर्ण छ । त्यसैले म अपिल र आग्रह गर्न चाहन्छु । कुनै किन्तु-परन्तु नगरिकन भ्रष्टाचारको छानबिनको सन्दर्भमा राज्यले कठोरतापूर्वक जान कुनै पनि हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ, यो राख्ने कुरासँग सहमति हुन सकिँदैन ।’

उनले अहिले उठेको भुटानी शरणार्थी प्रकरणलाई पनि निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । भुटानी शरणार्थीको सन्दर्भमा सरकारले फाइल खोलेको उल्लेख गर्दै फायर खोल्नुपर्ने उनको भनाइ छ ।

भ्रष्टाचार प्रकरणमा मुछिएका दोषीमाथि कारबाही हुनैपर्नेमा महामन्त्री शर्माको जोड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर