लोकसेवाको डाटा कसरी हरायो ? लापरबाही गर्नेलाई कारबाही होस् : रास्वपा सांसद डाँगी (भिडिओ) – Nepal Press

लोकसेवाको डाटा कसरी हरायो ? लापरबाही गर्नेलाई कारबाही होस् : रास्वपा सांसद डाँगी (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य लोकसेवा आयोगको डाटा गायब भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले लोकसेवा आयोग जस्तो जिम्मेवार निकायले डाटा सुरक्षित नराख्नु, आयोगले डाटा रिकभर गर्न नसक्नु ? र पुनः फारम भर्न लगाउनु हदैसम्मको लापरबाही भएको भन्दै सम्बन्धित पदाधिकारीलाई कारबाहीको माग गरेकी छन् ।

उनले भनिन्, ‘२०७९ सालको मंसिर, पुस र माघ महिनामा लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको डाटा हराएको छ । डाटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डाटा रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको छ। विश्वमा प्रविधिले यस्तो फट्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डाटा सुरक्षित राख्न सकिरहेको छैन । लोकसेवा आयोग जस्तो जिम्मेवार निकायले डाटा सुरक्षित नराख्नु, आयोगले डाटा रिकभर गर्न नसक्नु ? र अन्तिममा आएर पुन फारम भर्न लगाउने, कति सम्मको लापरबाही हो यो ?

स्वदेशमै भविष्य खोजिरहेकालाई प्रोत्साहन गर्नुको सट्टा सरकारले उल्टै निरुत्साहन गरिरहेको सांसद डाँगीले बताइन ।

उनले भनिन्, ‘नेपालका अधिकांश युवा बिदेसिएका छन् । केहीले स्वदेशमै भविष्य खोजिरहेकालाई प्रोत्साहन गर्नुको सट्टा सरकारले उल्टै निरुत्साहन गरिरहेको छ । यसरी युवाको भविष्य सँग खेलबाड नगरियोस् र डाटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गरियोस् सभामुख महोदय । र पटक पटक लोकसेवा आयोगले लिने परीक्षाको मिति सरिरहने समस्याको अन्त्य गर्न सभामुख मार्फत सम्बन्धी निकायसँग अनुरोध गर्न चाहन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर