राष्ट्र बैंकले भन्यो- ऋणीबाट असुल हुन नसके मात्र जमानीको धितोबाट असुल गर्नू – Nepal Press

राष्ट्र बैंकले भन्यो- ऋणीबाट असुल हुन नसके मात्र जमानीको धितोबाट असुल गर्नू

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई ऋण उठाउनै सकस परिरहेको छ । समयमै ऋण नतिर्दा बैंकहरुको खराब कर्जा निकै बढेको छ । कतिपय ऋणीहरूले ऋण नतिर्दा जमानीसमेत समस्यामा परेका छन् ।

यसैबीच नेपाल राष्ट्र बैंकले कर्जाको जमानीकर्तालाई केही सहज व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै जमानीकर्ताको दायित्वलाई स्पष्ट गरी कर्जा असुलीमा एकरूपता ल्याउने उद्देश्यले जमानी दिनेको दायित्व जमानी दिँदाका बखत जमानीपत्रमा उल्लेख गरेको रकमको हदसम्म मात्र हुने र कर्जा असुली गर्दा सम्बन्धित ऋणीबाट असुलउपर हुन नसकेमा मात्र जमानीकर्ताले दिएको धितोबाट असुलउपर गर्न सकिने व्यवस्था गरिएको बताएको छ।

यो व्यवस्था सर्वोच्च अदालतको आदेशमा आधारित रहेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ले ‘कर्जा चुक्ता गर्न जारी गरेको जमानी’ समेतलाई कर्जाको परिभाषामा समेटेको छ।

त्यसैले यदि कसैले जमानी दिएको छ भने कर्जा लिएको होइन जमानी मात्र दिएको हो भनेर कर्जाको दायित्वबाट मुक्त हुन नसक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर