बर्दघाट नवलपरासीमा एभरेष्ट बैंकको १२५ औं शाखा विस्तार – Nepal Press

बर्दघाट नवलपरासीमा एभरेष्ट बैंकको १२५ औं शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नवलपरासी (पश्चिम)मा १२५ औं शाखा विस्तार गरेको छ ।

सोमबार शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापती केशव प्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका हुन् ।

समारोहमा भण्डारीले बर्दघाटमा बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले बर्दघाट र आसपासका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्दै पंजाब नेशनल बैंक भारत संगको साझेदारीले गर्दा स्थानिय बासिन्दा र पूर्व भारतिय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर