सरकारलाई एमाले सांसद गैरेको प्रश्न- नक्कली शरणार्थी प्रकरणमा छानबिन कहाँ पुग्यो ? (भिडिओ) – Nepal Press

सरकारलाई एमाले सांसद गैरेको प्रश्न- नक्कली शरणार्थी प्रकरणमा छानबिन कहाँ पुग्यो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली शरणार्थी बनाएर विदेश पठाउने कामलाई देशद्रोहीको संज्ञा दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै देशद्रोही काममा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरे।

उनले भने, ‘देशद्रोही काममा संलग्न व्यक्तिहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ। केही व्यक्तिहरू पक्राउ परेका छन्। केही सांसदहरू भागिरहनुभएको छ। केही सांसद जो नोटिसमा हुनुहुन्छ। जो सदनमा बोलिरहनुभएको छ।’

उनले सो प्रकरणको विषयमा छानबिन के भइरहेको छ भन्दै सरकारसँग जवाफ मागे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर