एसिया कप क्रिकेट पाकिस्तानबाट सर्नसक्ने सम्भावना – Nepal Press

एसिया कप क्रिकेट पाकिस्तानबाट सर्नसक्ने सम्भावना

क्वालालाम्पुर। एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कप क्रिकेट पाकिस्तानबाट सर्नसक्ने देखिएको छ ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार एसीसीले भारत पाकिस्तान नजाने भएपछि आयोजकले प्रस्ताव गरेको’हाईब्रिड मोडल’ एसीसीले अस्वीकृत गरेपछि प्रतियोगिता पाकिस्तानमा हुने सम्भावना कम देखिएको हाे ।

यसअघि यो प्रतियोगिता पाकिस्तानमा सेप्टेम्बर २ देखि१७ तारिखसम्म हुने तय भएको थियो। तर भारतले पाकिस्तानमा गएर खेल्न नमानेपछि प्रतियोगिता अन्योलपूर्ण बनेको थियो।

पीटिआईका अनुसार एसिया कप आयोजनाका लागि श्रीलंका इच्छुक देखिएको छ।

प्रतियोगितामा पाँच टेस्ट टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसहित नेपालले प्रतिस्पर्धा गर्दैछन्। नेपालले पहिलो चरणमै भारत र पाकिस्तानसँग खेल्ने छ।

एसीसीको पछिल्लो निर्णयले प्रतियोगितामा पाकिस्तानको सहभागितामा पनि अन्यौलता देखिएको पीटीआईले उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर