पाल्पामा झुन्डिएको अवस्थामा दुई शव फेला – Nepal Press

पाल्पामा झुन्डिएको अवस्थामा दुई शव फेला

पाल्पा । पाल्पामा झुन्डिएका अवस्थामा फरक फरक ठाउँमा दुई शव फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुई वटा शव फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा र
माथागढी गाउँपालिका–५, को सामुदायिक वनमा अर्को एक शव फेला परेको हो ।

दुवै शवहरू सडेगलेको अवस्थामा फेला परेको तथा पोष्टमार्टम र थप अनुसन्धानका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । दुवैको पहिचान खुल्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *