वामदेवको प्रस्ताव- प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली जाऔँ, निर्वाचन प्रणाली पनि फेरौँ (भिडिओ) – Nepal Press

वामदेवको प्रस्ताव- प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली जाऔँ, निर्वाचन प्रणाली पनि फेरौँ (भिडिओ)

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले संसदीय व्यवस्थाले देशलाई बर्बाद बनाइरहेको बताएका छन्।

सोमबार राष्ट्रियसभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा देशलाई लान प्रस्ताव गरे।

उनले भने, ‘दुई दुई महिनामा सरकार परिवर्तन गर्ने लाजमर्दो यो व्यवस्था। संसदीय व्यवस्था हाम्रो देशलाई व्यवस्था गर्दै छ। २०१५ सालमै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गरेको भए राजा फ्यालेर आज हामी अमेरिका र स्वीजरल्याण्ड भन्दा अगाडि हुन्थ्यौँ। यत्रो ठुलो समय बर्बाद गरेर अझै हामीले क्रान्ति गर्‍यौँ युद्ध र बलिदान गर्‍यौँ भन्छन्। सुधारिएको संसदीय व्यवस्था भनिएको अझै यही व्यवस्थाले झन् बढी बर्बाद गर्छ।’

नेपालको इतिहासमा अहिलेसम्म दुई महिनामै सरकार नफेरिएको बताए।

उनले भने, ‘अब राम्रो व्यवस्थामा जाने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा हिम्मत गरेर जाऔँ त्यसपछि यो निर्वाचन प्रणाली अल्पमतको निर्वाचन प्रणाली हो। यो सरकार बहुमतको होइन अल्पमतको सरकार हो।’

आर्थिक वर्ष २०८० का सिद्धान्त र प्राथमिकता सम्बन्धमा सरकारले प्रस्तुत गरेका विषयमा छलफलमा गर्दा सिद्धान्त र प्राथमिकता हेर्दा विरोध गर्नुपर्ने केही नभएको बताए।

उनले भने, ‘समर्थन गर्नै पर्ने हो भने दुई, तीन वटा बाहेक अरू केही छैन। यसमा गरिनेछ, हुनुपर्छ बाहेक केही पनि छैन, यो सिस्टम २०१५ सालदेखि शुरु भएको अन्त्य भएको छैन। हरेक वर्ष शुरु हुन्छन् अर्को आर्थिक वर्ष शुरु हुँदा आउँछन् र सकिन्छन्। ४५ खर्बभन्दा बढीले यो लागू हुँदैन। मानिसलाई छक्याउने बाहेक केही पनि छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर