विदेश जाने लोभमा करोडौं फस्यो, एकजना पक्राउ – Nepal Press

विदेश जाने लोभमा करोडौं फस्यो, एकजना पक्राउ

काठमाडौं । अमेरिकालगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा १०१ जना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकोमा आएका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका- ६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोलालगातयको समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै यसरी ठगी गरेको भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ती ठगी गर्ने समूहले मासिक चार लाख बढी तलब हुने भनी विश्वास दिलाइ प्रतिव्यक्ति ३० लाख रुपैयाँ खर्च लाग्ने र सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने लोभ देखाएर ठगी गरेको भेटिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

गिरोहले पीडितहरुबाट पटक पटक गरी जम्मा तीन करोड ५६ लाख आठ हजार रुपैयाँ लिएर फरार भएका थिए । जसमध्ये वैदेशिक रोजगार विभागको अनुरोधमा भक्तपुरका सीताराम बास्तोलालाई आज पक्राउ गरिएको रेग्मीले जानकारी दिए ।

उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *