श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ – Nepal Press

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

विराटनगर । श्रीमानको हत्या गरेको आरोपमा झापाको कन्काई नगरपालिका- ३ की ४५ वर्षीया सुनिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनितालाई ५३ वर्षीय श्रीमान टेकबहादुर कार्कीको हत्या गरेको आरोपमा पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बैशाख ८ गते बेलुका घरायशी विवाद हुँदा श्रीमतीले श्रीमानलाई कुटपिट गरेकी थिइन् । श्रीमतीको कुटपिटबाट घाइते भएका कार्कीलाई उपचार गर्न प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

उपचारपश्चात घर ल्याइएका टेकबहादुरको बैशाख २४ गते बिहान घरैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै अनारमनीबाट खटिएको प्रहरी टोलीले सुनितालाई पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *