नक्कली शरणार्थी प्रकरणमा केपी ओलीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ : मेटमणि चौधरी (भिडिओ) – Nepal Press

नक्कली शरणार्थी प्रकरणमा केपी ओलीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ : मेटमणि चौधरी (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानबिन गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तत्कालीन गृहसचिवले समेत नेपालीलाई भुटानी बनाउन खोजिएको विषय स्वीकार गरिसकेको बताए ।

उनले भने, ‘तत्कालीन समयमा मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीको नामसमेत मुछिन थालिएको छ र स्वीकार गर्ने क्रम जारी छ । मलाई के लाग्छ भने तत्कालीन सरकार नै यो आपराधिक कार्यक्रम लागेको छ। त्यतिबेलाको प्रधानमन्त्रीलाईसमेत कारबाहीको दायरामा ल्याउनुपर्छ । अनिमात्रै भ्रष्टाचारीको अनुहार कस्तो छ? त्यो कुरा पत्ता लाग्न सक्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर