एमाले संसदीय दलको बैठकमा रायमाझीमाथि उठ्यो प्रश्न, के जवाफ दिए ओलीले ? – Nepal Press

एमाले संसदीय दलको बैठकमा रायमाझीमाथि उठ्यो प्रश्न, के जवाफ दिए ओलीले ?

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकमा पार्टीका सचिव टोपबहादुर रायमाझी ‘सम्पर्कविहीन’ भएको विषयमा प्रश्न उठाइएको छ । सांसद तथा केन्द्रीय सदस्य सूर्य थापाले अध्यक्ष तथा संसदीय दलका नेतासँग प्रश्न राखेका थिए ।

‘टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भइसकेपछि उहाँ आफैं प्रहरीको सम्पर्कमा आएर अनुसन्धानलाई सघाउनुपर्ने होइन र ?’, थापाले सोधे, ‘यस विषयमा संसदीय दलले कुनै निर्देशन दिन आवश्यक छ कि छैन ?’

जवाफमा ओलीले व्यक्तिले गरेको गल्तीमा सम्बन्धित व्यक्ति नै जवाफदेही हुनुपर्ने बताए । रायमाझीले प्रशासनको अनुसन्धानमा सघाउनुपर्नेमा उनले पनि सहमति जनाए ।

‘पक्राउ पुर्जी जारी गरिसकेपछि यहाँ जे/जस्तो ढंगको तयारी गरिएको थियो, त्यस हिसाबले उहाँ नआउनुभएको हुनसक्छ । यदि फसाउन खोजिएको हो भने पार्टीले बचाउ गर्ने हो । तर, व्यक्तिगत कमी-कमजोरी हुन् भने व्यक्तिले नै त्यसको जिम्मेवारी लिएर अनुसन्धानमा सघाउनुपर्छ’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर