मैतीदेवीमा सडकमा ट्याक्सी तेर्स्याएर विरोध (तस्बिरहरू) – Nepal Press

मैतीदेवीमा सडकमा ट्याक्सी तेर्स्याएर विरोध (तस्बिरहरू)

काठमाडौं । पार्किङ र स्ट्याण्ड नभएको भन्दै ट्याक्सी चालकले मैतीदेवीमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले सडकमा ट्याक्सी रोकेर मैतीदेवी चोकमा आन्दोलन गरेका हुन् । ट्याक्सीवालाको आन्दोलनका कारण यस क्षेत्रको सवारी आवागमनसमेत प्रभावित भएको छ ।

गौशालादेखि पुतलीसडकसम्म कहीँ पनि स्ट्याण्ड नभएको उनीहरूको गुनासो छ । भएको स्ट्याण्ड पनि महानगरले हटाइदिएको र कहीँ मान्छे चढाउन ओराल्न खोज्दा पनि ट्राफिक प्रहरीले कारबाही गर्ने गरेकाले विरोध जनाएको उनीहरूले बताएका छन् ।

यसअघि काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएकोमा सुनुवाइ नभएको विरोधमा उत्रिएका चालकहरूको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *