संघीय संसद्का दुई सचिवले लिए शपथ – Nepal Press

संघीय संसद्का दुई सचिवले लिए शपथ

काठमाडौं । संघीय संसद्अन्तर्गत दुई सदनका सचिवले शपथ लिएका छन् ।

संघीय संसद् सचिवालयमा आयोजित एक समारोहबीच सभामुख देवराज घिमिरेले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र राष्ट्रियसभा सचिवमा डा. सुरेन्द्र अर्याल वैशाख २१ गते नियुक्त भएका थिए ।

संघीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले सचिव पदमा नियुक्त गरेका हुन् ।

उनीहरू दुवै जना नेपालको संविधानको धारा १०६ बमोजिम सचिव पदमा नियुक्त भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर