गठबन्धन बैठकमा वकिलहरूको सुझाव- राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न सक्छन् – Nepal Press

गठबन्धन बैठकमा वकिलहरूको सुझाव- राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न सक्छन्

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराउने विषयमा वकिलहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नागरिकता विधेयक अहिलेकै अवस्थामा राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्ने अवस्था हुन्छ की हुँदैन भन्ने विषयमा छलफल भएको थियो ।

बैठकपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विधेयक राष्ट्रपतिले अहिलेकै अवस्थामा प्रमाणीकरण गर्न सक्ने सुझाव आएको बताए ।

उनले नेपालप्रेससँग कुरा गर्दै भने, ‘नागरिकता विधेयकका विषयमा बहस भयो । वकिल संविधानविदहरु राखेर छलफल भयो । छलफलमा राष्ट्रपतिले प्रमाणीकरण गर्दा हुन्छ भन्ने कुरा आएको छ । अहिले राष्ट्रपति कार्यालयमा होल्ड रहेको विधेयक प्रमाणीकरण हुन्छ ।’

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।

सत्तारुढ दलका शीर्ष नेतासँगको छलफलमा महान्यायाधिवक्ता दिनमणि पोखरेल, नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्व महान्यायाधिवक्ताहरु सहभागी थिए ।

यसैगरी बैठकमा संसदीय काम कारबाही र अन्य विधेयकहरुकाे बारेमा पनि छलफल भएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर