करन र साम्बालाई वर्ष उत्कृष्ट खेलाडीको अवार्ड – Nepal Press

करन र साम्बालाई वर्ष उत्कृष्ट खेलाडीको अवार्ड

पोखरा । नेपाली राष्टिय क्रिकेट टोलीका अलराउण्डर करण केसी र राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा ले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको सातौं पोखरा स्पोर्टस् अवार्डअन्तर्गत वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ करन र महिलातर्फ साम्बाले अवार्ड प्राप्त गरेका हुन् । वर्ष खेलाडी बनेसँगै करण र साम्बाले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर पाए ।

पुरुषतर्फ मनोनयनमा करणसँगै आर्चरीका गंगाबहादुर कुवँर र टेनिसका प्रदीप खड्का थिए।

महिलातर्फ साम्बासहित आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा थिए।

उदीयमान खेलाडीको अवार्ड क्रिकेटकै सुवास भण्डारी र वर्ष प्रशिक्षकको अवार्ड आर्चरीका किशोर कुमार गुरुङले पाए ।

उत्कृष्ट खेल संघबाट कास्की जिल्ला हयाण्डबल संघ सम्मानित भयो । उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक र संघका विजेताले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए। वर्ष उत्कृष्ट खेल पत्रकारबाट सागरराज तिमिल्सिना सम्मानित भए ।

सावित्रा विदेशी लिग खेल्न बाहिर गएकाले समारोहमा भने अनुपस्थि रहिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर