पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : अर्थ मन्त्री डा. महत – Nepal Press

पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : अर्थ मन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेकाे बताएका छन् ।

आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको उल्लेख गर्दै उनले यस्ताे बताएका हुन् ।

दुप्चेश्वर गाउँपालिका नाम्सापुराण नुवाकोटस्थित छेवाङ ग्लान ङाछर्यालिङ गुम्बामा गुरु पद्म सम्भव मूर्तिको प्राण प्रतिस्थापन तथा समुद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘हामीसँग राजस्वबाट प्राप्त हुने आम्दानी यो वर्ष थोरै छ । यो थोरै आम्दानीलाई देशभरिको विकास निर्माणमा पुर्‍याउनु पर्ने हुन्छ । स्रोतको समस्या छ, यसका बाबजुद जे सम्भव हुन्छ, मबाट काम हुनेछ ।’

मन्त्री डा. महतले ‘नेपाली कांग्रेसले विकास निर्माणलाई सधैँ प्राथमिकता दिँदै आएको बताए ।

कांग्रेस जहिले सरकारमा हुन्छ, त्यसबेला जनताको पीर मर्का, आवश्यकता र विकास निर्माणलाई प्राथमिकतामा राखेको हुने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर