गठबन्धनलाई निरन्तरता दिँदै देशलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्छ : अध्यक्ष यादव(भिडिओ) – Nepal Press

गठबन्धनलाई निरन्तरता दिँदै देशलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्छ : अध्यक्ष यादव(भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान पाँच दलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्नेमा जोड दिएका छन् ।

रफत सञ्चार क्लबले शनिवार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाए कसैको हित नहुने भन्दै पाँच दलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्नेमा जोड दिएका हुन् ।

उनले मुलुकले अत्यन्तै आर्थिक संकट बेहोरिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्ने सुझाव पनि दिए ।

अध्यक्ष यादवले राजनीतिक दलका नेताहरूप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेकाले सरकारले जनतालाई परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए ।

उनले नेपाली नागरिकलाई विदेशी भुटानी बनाएर कमाउने प्रथा गर्ने गरेको आफूले पनि पहिलोपल्ट सुनेको र हाल सरकारले छानबिन गरिरहेकाले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे ।

यादवले कोशी प्रदेशमा नामकरणलाई लिएर चलिरहेको असन्तोषलाई गम्भीरतापूर्वक ध्यान दिएर समाधानमुखी सम्बोधन गर्नुपर्ने जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर