कँडेल आत्महत्या प्रकरण : चितवन बन्द, रुङ्गटा पक्राउ नपरेसम्म आन्दोलन नरोकिने – Nepal Press

कँडेल आत्महत्या प्रकरण : चितवन बन्द, रुङ्गटा पक्राउ नपरेसम्म आन्दोलन नरोकिने

हेटौँडा । चितवनका पोल्ट्री व्यवसायी एवम नेपाली कांग्रेसका नेता शंकर कँडेलको आत्महत्याको विषयलाई लिएर आज चितवन बन्द भएको छ । शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको चितवन बन्दको प्रभाव यातायात क्षेत्रमा परेको छ ।

बन्दका कारण लामो दुरीका गाडी सञ्चालन हुन सकेका छैनन् । छोटो दुरीका गाडी पनि सहज रुपमा चल्न सकेका छैनन् । बन्दकर्ताले पुलचोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा जम्मा भएर गाडी चलाउन रोकेका छन् ।

बन्दकर्तालाले आत्महत्या दुरुत्साहनका मुख्य आरोपित प्रदिप रुङ्गटालाई पक्राउ नगरुन्जेल आन्दोलनको कार्यक्रम नरोक्ने चेतावनी दिएका छन् ।

कँडेलको परिवारले उनको सुसाइड नोटको आधारमा रुङ्गटा र जीवन रावल विरुद्ध आत्महत्या दुरुत्सहान विरुद्ध किटानी जाहेरी दिएका थिए । तर प्रहरीले हालसम्म रावललाई मात्र पक्राउ गरेको छ भने पोषक दाना कम्पनीका प्रमुख समेत रहेका रुङ्गटालाई भने पक्राउ गरेको छैन् । आत्महत्या अघि कँडेलले ९ पन्ना सुसाईड नोट लेखेर आफुलाई रुङ्गटा र रावलले मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको उल्लेख गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *