प्रचण्डसँग भेटेपछि ओलीलाई प्रश्न : अभियुक्त जोगाउन लागिपर्नुभएको हो ? (भिडिओ) – Nepal Press

प्रचण्डसँग भेटेपछि ओलीलाई प्रश्न : अभियुक्त जोगाउन लागिपर्नुभएको हो ? (भिडिओ)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन दिनमा दोस्रो पटक सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । एमालेका सचिव टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि ओलीको सिंहदरबार दौडधुप बाक्लिएको हो ।

भेटपछि ओली पत्रकारहरूसँग खासै खुल्न चाहेनन् । उनलाई पत्रकारले सोधेका थिए, ‘अस्ति पूर्व मन्त्री, उपप्रधानमन्त्री भइसक्या मान्छे हराउँछन् र ? भन्नुभएको थियो । तर, आज त टोपबहादुर रायमाझी हराउनुभयो । कहाँ हुनुहुन्छ उहाँ ?

ओलीले जवाफ दिए– तपाईँहरूले खोज्नुस् न ।

पत्रकारले फेरि सोधे, ‘तपाईँको सम्पर्कमा हुनुहुन्छ होला नि ?

ओलीले आफ्नो सम्पर्कमा नरहेको बताए ।

‘उहाँ अब कहिले आउनुहुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा ओलीले गाडीभित्र बस्दै जवाफ दिए, ‘उहाँलाई नै सोध्नुस् न ।’

पत्रकारको अर्को प्रश्न थियो, ‘तपाईँ अभियुक्तलाई जोगाउन लागिरहनुभएको हल्ला छ, के भन्नुहुन्छ ?

ओलीले प्रतिप्रश्न गरे, ‘तपाईंहरुलाई विश्वास लाग्यो ?’

उनले थपे, ‘केही यस्ता मान्छे छन्, जो एमालेलाई रुचाउँदैनन् । उनीहरूले हल्ला फैलाएका हुन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर