को थिए बेलायतमा हत्या गरिएका राजा ? ११ वर्ष गणतन्त्र आएको थियो बेलायतमा – Nepal Press

को थिए बेलायतमा हत्या गरिएका राजा ? ११ वर्ष गणतन्त्र आएको थियो बेलायतमा

काठमाडौँ । आज बेलायती नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक हुँदै छ । विश्वभरका अतिथिहरू सहभागी भएको राज्याभिषेक अन्तर्राष्ट्रिय स्तरको घटना हुँदैछ । तर, यस अगाडिको राज्याभिषेक एलिजावेथ तृतीयको सन १९५३ मा भएको जस्तो रौनक भने छैन ।

बेलायती मिडियाहरूका अनुसार सन १९५३ को राज्याभिषेकमा आठ हजार विदेशी अतिथिहरू सहभागी थिए । यो राज्याभिषेकमा दुई हजार हाराहारी मात्रै सहभागी छन् । बेलायती शक्ति सन १९५३ स्तरको छैन ।

बेलायतको पूर्व उपनिवेश भारतले बेलायत भन्दा ठूलो अर्थतन्त्रको आकार लिएको छ । बेलायती राजसंस्थालाई राष्ट्रप्रमुख मान्दै आएको जमाइकाले त्यो प्रचलन अन्त्य गर्ने तयारी थालेको छ ।

अमेरिकी अखबार टाइका अनुसार बेलायतकै ४२ प्रतिशत नागरिकहरू राजालाई मान्न तयार छैनन् । बेलायती राजसंस्था कमजोर भएको समयमा आज राज्याभिषेक हुँदैछ ।

यो सामाग्रीमा चाँही बेलायतमा मृत्युदण्ड पाएका राजा चार्ल्स प्रथमको कुरा गरिएको छ । सन १६०० को नोभेम्बर १९ मा जन्केका थिए बेलायती राजा चार्ल्स प्रथम । उनी सन १६२५ मार्च २७ बाट राजा भएका थिए । उनलाई सन १६४९ जनवरी ३० मा मृत्युदण्ड दिइएको थियो ।

उनी मनमौजी राजा थिए । उनले तीन पटक बेलायती सदन भंग गरेका थिए । आफ्नो सत्ता प्रारम्भको पहिलो चार वर्षमै उनले तीन पटक सदन भंग गरेको बेलायतको रोयल म्युजियम ग्रिनबीचले उल्लेख गरेको छ ।

म्युजियमका अनुसार सबैभन्दा लामो समय उनले ११ वर्ष संसदविहीन सत्ता चलाएका थिए । जब जब उनलाई पैसा उठाउन सकस हुन्थ्यो, तब तब मात्रै उनले सदन बोलाउने गरेका थिए । अंग्रेज गृहयुद्ध पनि उनकै समयमा भएको थियो ।

सन १९४९ जनवरी २० मा उनलाई बेलायती उच्च अदालतले राज्य द्रोहको नाममा उनलाई पक्राउको आदेश दिएको थियो । राजाले अदालतलाई मानेनन् ।

उनी अदालतमा जानु त परै जाओस् कुनै महत्त्व पनि दिएनन् । पहिलो फैसलाको सात दिनपछि जनवरी २७ मा उनलाई अदालतले मृत्युदण्डको फैसला दियो । फैसलाको तीन दिनसम्म राजालाई सेन्ट जेम्स दरबारमै बन्दी बनाइएको थियो ।

बेलायती जनताको दुस्मन भएको भन्दै राजा चार्ल्स प्रथमलाई अदालतले घाँटी र शरीर छुट्याएर मृत्युदण्डको फैसला सुनायो । त्यहि फैसला अनुसार जनवरी ३० मा चार्ल्स प्रथम मारिएका थिए । मारिएपछि चार्ल्स प्रथमका छोरा चार्ल्स द्वितीयलाई राजा हुन दिइएन ।

उनलाई विशाल भिडको अगाडि वाइटहलमा मृत्युदण्ड दिइएको थियो । बिहान १० बजे ल्याएर विभिन्न प्रक्रिया पुरा गरेर दिउँसो २ बजेपछि मृत्युदण्ड दिइएको थियो ।

मृत्युदण्ड अगाडि राजा चार्ल्स प्रथमले दुई सर्ट मागेका थिए । जाडो धेरै भएकोले काम्दा देख्नेहरूले डराएर कामेको बुझ्ने भन्दै उनले यस्तो आग्रह गरेका थिए ।

राजाको हत्यापछि ११ वर्ष बेलायतमा गणतन्त्र आएको थियो । राजाको स्थानमा ओलिभर क्रोमवेलको नेतृत्वमा शासन आएको थियो । तर क्रोमबेलका छोराले बाबुको जस्तो लिगेसी नभएको भन्दै आफू राष्ट्रप्रमुख हुन अनिच्छुक भएको बताए । उनलाई राम्रो जनमतको साथपनि थिएन ।

फलस्वरूप १६६० मा बेलायतमा पुनः राजतन्त्र ल्याइएको थियो । चार्ल्स प्रथमका छोरा चार्ल्स द्वितीयलाई राजा बनाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर