नक्कली शरणार्थी प्रकरणमा तानिएपछि बालकृष्ण खाणको अनुरोध- यस्ता समाचार सम्प्रेषित नगरिदिनुस् – Nepal Press

नक्कली शरणार्थी प्रकरणमा तानिएपछि बालकृष्ण खाणको अनुरोध- यस्ता समाचार सम्प्रेषित नगरिदिनुस्

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणले मुख खोलेका छन् । आफूबारे प्रकाशित समाचार सत्य नभएको उनको जिकिर छ ।

नेपाल प्रेसले नेपालीलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने कार्यमा खाँण पनि तानिएको समाचार प्रकाशित गरेको थियो । उनले आज एक विज्ञप्तिमार्फत यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

खाणले विज्ञप्तिमा भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिनुहुन अनुरोध छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर