अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना कम्बोडियाको भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फिर्ता भएका छन् ।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिएर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता भएका हुन् ।
अध्यक्ष तिमिल्सिनालाई त्रिभुवन विमानस्थलमा संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतम र राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले स्वागत गएका हुन् ।
अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटि अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गरेका थिए ।
उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वर्ल्ड बुद्दिष्ट फाउन्डेसनको पेट्रोन अफ द वर्ल्ड बुद्दिष्ट अनोररी डक्ट्रेट ईन ह्युमानिटीको मानार्थ पदावधि प्रदान गरिएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गरेका थिए । भेटघाटमा ९७ प्रतिशत बौद्धमार्गी रहेको कम्बोडिया र बुद्धजन्मस्थल लुम्बिनीलाई एकापसमा जोड्नका लागि नेपाल कम्बोडिया सिधा हवाईसेवा सुरू गर्ने र द्वन्द्दोतर अनुभव आदनप्रदान गर्ने बिषयमा छलफल भएको थियो ।
अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा बागमती प्रदेश सभाका सदस्य अमन मास्के र संघीय संसद सचिवालयका उपसचिव नुमराज खनाल रहेका थिए ।