कोशी प्रदेशको नाम ‘किराँत’ हुनुपर्ने मागसहित नयाँ बानेश्वरमा मनाइयो उभौली पर्व (तस्बिरहरु) – Nepal Press

कोशी प्रदेशको नाम ‘किराँत’ हुनुपर्ने मागसहित नयाँ बानेश्वरमा मनाइयो उभौली पर्व (तस्बिरहरु)

काठमाडौं । कोशी प्रदेश नामकरणको विरोध स्वरुप काठमाडौंमा बसोबास गर्दै आइरहेका किराँत समूदायले सडकमा नै उभौली पर्व मनाएका छन् ।

१ नम्बर प्रदेशको नामकरण कोशी भएसँगै सडक आन्दोलनमा रहेका जातीय पहिचान पक्षधरले यसपटक सडकमा नै उभौली मनाएका हुन् ।

कोशी प्रदेशको खारेजीको माग राख्दै सांकेतिक रुपमा विरोभ गर्न सडकमा नै उभौली पर्व मनाइएको उनीहरुको भनाइ छ । कोशी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने भन्दै माग पुरा नभए मुलुकभर नै पहिचान पक्षधरले आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ, किराँत सुनुवार समाज र किराँत याक्खा छुम्माले संयुक्त रूपमा परम्परागत कला संस्कृति र पहिरनसहित काठमाडौंको माइतिघर देखि नयाँ बानेश्वरसम्म सडकमा नै नाँचगान गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर