एनआईएमबीको ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल – Nepal Press

एनआईएमबीको ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ऋणपत्र निष्कासन तथा बिक्रीका लागि प्रभु क्यापिटल लिमिटेड प्रवन्धकमा नियुक्त गरिएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले एक हजार अंकित दरका १० वर्ष अवधिको बार्षिक १० प्रतिशत व्याजदरवाला ऋणपत्र निष्कासन गर्दैछ ।

एनआईएमबीएलले ४० लाख ४० हजार कित्ता बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्तसम्बन्धी सम्झौतापत्रमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर