सगरमाथा संवाद नहुनु पनि म राजनीतिमा आउनुको कारण हो : अरनिको पाण्डे – Nepal Press

सगरमाथा संवाद नहुनु पनि म राजनीतिमा आउनुको कारण हो : अरनिको पाण्डे

काठमाडौं । जलवायु क्षेत्रका वैज्ञानिक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अरनिको पाण्डेले सगरमाथा संवाद नहुनु पनि आफूलाइ राजनीतिमा ल्याउने कारण भएको बताएका छन् ।

आफू पनि त्यो कार्यक्रम आयोजनाको खाका तयार गर्ने एक सदस्य भएको भन्दै पाण्डेले नेपालमा सरकारको नीति दिगो नहुने तर्क गरे । हिमाल मिडिया मेलामा ‘पत्रकार र जलवायु संकट’ सत्रमा बोल्दै पान्डेले यस्तो बताएका हुन् ।

‘नेपालमा एउटा सरकारले गरेको राम्रो काम अर्कोले निरन्तरता दिदैन। यस्तै कारणले पनि हामी जस्ताहरु राजनीतिमा आउनुपर्छ’, पाण्डेले भने ।

तत्कालीन नेकपाको ओली सरकारको समयमा नेपालको जलवायु मुद्दामा अन्तर्राष्ट्रिय पैरवी गर्न सगरमाथा सम्वादको अवधारणा आएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हुँदा ३१ पेजको नेपालको प्रथम लिखित परराष्ट्र नीति सार्वजनिक भएको थियो ।

नीतिको पेज २५ मा ‘ट्र्याक टु डिप्लोमेसी’को अवधारणा ल्याइएको थियो । नीतिले नेपाली राष्ट्रिय हितलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहस, छलफल आदि गर्ने अवधारणा ल्याएको थियो ।

तर, लिखित परराष्ट्र नीति देखि सरकारले नै ल्याएको जलवायु परिवर्तनको नेपाली मुद्दामा अन्तर्राष्ट्रिय बहसको कार्यक्रम अहिलेसम्म हुन सकेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर