लम्बोधर न्यौपाने र राजनारायण पाठकविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन – Nepal Press

लम्बोधर न्यौपाने र राजनारायण पाठकविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी विषयमा घुस लेनदेन गरेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक र कलेजका सञ्चालक लम्बोधर न्यौपानेलाई विशेष अदालतले उद्योगमा मात्र दोषी ठहर गरेपछि सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।

यसअघि विशेष अदालतले ७८ लाख घुस लेनदेनको प्रकरणमा उनीहरु दुवैलाई उद्योगमा मात्र दोषी ठहर गरेको थियो । घुस लेनदेन भइसकेको अवस्था नभएको भन्दै उनीहरुलाई उद्योगमा मात्र दोषी ठहर गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *