दुई महिनापछि प्रचण्ड-ओलीको वान टु वान भेट : सिंहदरबारमा के भयो कुराकानी ? – Nepal Press

दुई महिनापछि प्रचण्ड-ओलीको वान टु वान भेट : सिंहदरबारमा के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली सिंहदबार पुगेका थिए ।

ओलीसँग पछिल्ला राजनीतिक परिस्थितीबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले सिंहदरबारबाट बाहिरिने क्रममा भने, ‘अहिले देशको राजनीतिक परिस्थिति र नीति तथा कार्यक्रम र बजेटबारे छलफल गरेका हौं ।’

यस्तै, एमाले अध्यक्ष ओलीले पनि पछिल्लो समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताए । उनले प्रधानमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पार्टीको सचिव तथा सांसद टोपबहादुर रायमाझीको विषयमा पनि ध्यानाकर्षण गराएको बताए ।

उनले सांसद रायमाझीलाई फसाउने खोजेको संकेत गर्दै त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । पुस १० गते बनेको सातदलीय गठबन्धन फागुन ११ मा भत्किएपछि दुई नेताहरूबीच पहिलो पटक एक्लाएक्लै भेटवार्ता भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर