मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत, खोजे एमाले र राप्रपाको पनि साथ – Nepal Press

मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत, खोजे एमाले र राप्रपाको पनि साथ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।

प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत मागेका हुन् ।

उनले आफू पदमा रहँदा दलीय स्वार्थभन्दा माथि रहेर काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

एमाले र राप्रपालाई समर्थन जनाउन आग्रह गर्दै उनले भने, ‘हाम्रो साझा प्रयासबाट नै प्रदेशले अगाडि सारेका आयोजना तथा कार्यक्रमहरू समयमै सम्पन्न हुनेछन् । हामीले सञ्चालन र सम्पन्न गर्ने कामहरु नै प्रदेशको औचित्यमाथि उठेका प्रश्‍नहरुको जवाफ हुनेछन् ।’

अब संसदमा रहेका दलले उक्त प्रस्तावमाथि आ-आफ्नो धारणा राख्ने छन् । त्यसपछि मत विभाजन हुनेछ । पाण्डेले विश्वासको मत पाउने पक्का छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका एक गरेर ३५ जना पाण्डेको पक्षमा छन् ।

यस्ताे छ मुख्यमन्त्री पाण्डेकाे सम्बाेधन:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर