नक्कली शरणार्थी बन्न लाखौं बुझाउन तयार हुनेलाई पनि कारबाही गर्नुपर्छ : सूर्य थापा – Nepal Press

नक्कली शरणार्थी बन्न लाखौं बुझाउन तयार हुनेलाई पनि कारबाही गर्नुपर्छ : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो भएपनि कारबाही गर्नुपर्ने बताएका छन् ।

सो प्रकरणमा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई, सचिव टेकनारायण पाण्डेलगायत अनुसन्धानको घेरामा परेपछि उनले यस्तो बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ । साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानूनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ ।’

नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडितलाई पनि कारवाही गर्नुपर्ने उनको भनाई छ ।

‘नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन् । तिनको रकम जफत गर्नुपर्छ । अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेरमात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनुपर्छ’ उनले भनेका छन् ।


प्रतिक्रिया

One thought on “नक्कली शरणार्थी बन्न लाखौं बुझाउन तयार हुनेलाई पनि कारबाही गर्नुपर्छ : सूर्य थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर