टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइँदै – Nepal Press

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइँदै

काठमाडाैं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइँदै छ ।

बुद्ध एयरको जहाजमार्फत उनलाई काठमाडाैं ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता  डिएसपी श्यामु अर्यालले बताए ।

उनलाई भैरहवा विमानस्थल पुर्याइएको छ ।

बुधवार उनलाई बुटवलबाट पक्राउ गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *