‘नेप्से ३०’ इन्डेक्सका लागि सुझाव माग, यस्तो छ कम्पनी छनौटका आधार – Nepal Press

‘नेप्से ३०’ इन्डेक्सका लागि सुझाव माग, यस्तो छ कम्पनी छनौटका आधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रस्तावित ‘नेप्से ३०’ इन्डेक्सका लागि सुझाव माग गरेको छ ।

इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था छनोटका आधारहरु तथा इन्डेक्स गणना विधिका लागि जेठ ५ गते भित्र सुझाव पठाउन नेप्सेले आग्रह गरेको छ ।

उक्त सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेञ्ज ट्रेडेड फण्ड सञ्चालन लगायतमा सघाउ पु¥याउने नेप्सेले जनाएको छ ।

नेप्सेले तयार पारेको प्रस्तावित नेप्से-३० इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था छनोटका ६ वटा आधार तय गरिएको छ ।

जसमा प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर कितावी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तिमा ३ वर्ष नाफामा रहेको हुनुपर्ने छ ।

अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फीति दर भन्दा बढी रहेको हुनुपर्ने छ ।

कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि(फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि(फ्लोट बजार पुँजीकरण एक प्रतिशत भन्दा बढी रहेको हुनुपर्ने छ ।

सेयरधनीको संख्या कम्तीमा २० हजार हुनुपर्ने, पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख वा सोभन्दा बढी कारोबार भइ दैनिक औषत ५ हजार कतिभन्दा बढी कारोबार भएको र दैनिक औषत ४० वा सोभन्दा बढीपटक कारोबार भएको हुनुपर्नेछ ।

यस्तै, पछिल्लो ६ महिनामा ७५ प्रतिशत दिनमा कारोबार भएको हुनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर