प्रदेश तथा स्थानीय तहमै कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु – Nepal Press

प्रदेश तथा स्थानीय तहमै कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु

काठमाडौं । प्रदेशमा समायोजन भएका र प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अब प्रदेशमै व्यक्तिगत अभिलेख राखिने भएको छ ।

राष्ट्रिय किताब खाना र बागमती प्रदेश सरकारबीच वुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको समझदारी अनुसार यस्तो व्यवस्था गर्न लागिएको हो ।

संघीयता कार्यान्वयन तथा कर्मचारी समायोजनको महत्वपूर्ण विषयका रुपमा थाती रहेको प्रदेश किताव खानाको अवधारणाले अब मूर्तरुप पाएको छ । यससंगै व्यक्तिगत विवरण राख्न नसकीएका हजारौ कर्मचारीको विवरण अपडेट हुने भएको हो ।

उक्त समोदारीपत्र आदान प्रदान कार्यक्रममा बोल्दै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रदेशमा रहेका तथा स्थानीय तहमा खटीएका कर्मचारीको व्यक्तिगत विवरण प्रदेशले राख्ने व्यवस्थाले संघीयता कार्यान्वयनको एक चरण पुरा भएको बताए ।

बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाले प्रदेश पिआइएस प्रभावकारी ढंगले राखिने र अन्य प्रदेशलाइ समेत उदाहरणीय कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । समझदारी पत्रमा किताब खानाका महानिर्देशक डा. टोकराज पाण्डे र प्रदेश सिचव निश्चलराज पाण्डेले हस्ताक्षर गरेका थिए ।

हाल निजामती सेवामा करिब ९० हजार कर्मचारी कार्यरत रहेका छन । जसमध्ये प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा पछि पदपूर्ति भएका करिब २५ हजार कर्मचारी रहेका छन । कितावखानाका अनुसार अब क्रमश सबै प्रदेशलाइ प्रदेश पिआइएस पोर्टल हस्तान्तरण गरिने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर