डोलप्रसाद अर्याललाई प्रश्न- रवि लामिछानेलाई एमालेबाट प्रधानमन्त्रीको अफर आएको हो ? – Nepal Press

डोलप्रसाद अर्याललाई प्रश्न- रवि लामिछानेलाई एमालेबाट प्रधानमन्त्रीको अफर आएको हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको चर्चा छ।

एमाले अध्यक्ष ओली नै लामिछानेलाई प्रधानमन्त्रीले अफर गरेको विषयले राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर समर्थन कायमै राखेको रास्वपाले के गर्ला भन्ने आम चासोको विषय बनेको छ।

वैशाख १० को उपनिर्वाचनपछि बढ्दो लोकप्रियताका बीच रास्वपाले कसरी अघि बढ्छ भन्ने अहिलेसम्म निर्णय गर्न सकेको छैन।

रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री र गठबन्धन दलका शीर्ष नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन्। सरकारमा जान सकारात्मक देखिएको रास्वपाले औपचारिक निर्णय शुक्रवार गर्ने बताइएको छ।

सरकारमा जान सकारात्मक रहेका रास्वपालाई विपक्षी कित्ताबाट गठबन्धनको अफर आएकोबारे उपसभापति डोलप्रसाद अर्यालसँग जिज्ञासा राख्दा अहिलेसम्म कुनै प्रस्ताव नआएको प्रष्टाए।

उनले नेपाल प्रेससँग भने, ‘एमालेले सभापतिजीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भनेर मिडियामा मेरै नाम कोट गरेर समाचार हालेको देखे। समाचार लेख्नेहरूसँग मैले अहिलेसम्म कुरा गरेको छैन।’

अहिले बाहिर चर्चामा आएको कुरामा कतै पनि सत्यता नभएको उनको दाबी छ।

सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल भइरहेको बताए। उनले थपे, ‘सभापतिजीले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग कुराकानी गरिराख्नुभएको छ। अब शुक्रवारको बैठकले निर्णय गर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर