स्मार्ट टेलिकमको लाइसेन्स खारेज, सम्पत्ति प्राधिकरणलाई हस्तान्तरण गर्न निर्देशन – Nepal Press

स्मार्ट टेलिकमको लाइसेन्स खारेज, सम्पत्ति प्राधिकरणलाई हस्तान्तरण गर्न निर्देशन

काठमाडौं । स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति पत्र नवीकरण नगरेको भन्दै स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेको हो ।

प्राधिकरणले स्मार्ट टेलिकमको दूरसञ्चार पूर्वाधार संरचना, प्रणाली र सञ्जाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नपनि निर्देशन दिएको छ ।

प्राधिकरणले स्मार्ट टेलिकमको इजाजत पत्र स्वतः खारेज भएपछि गत वैशाख ४ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। सोही बमोजिम निर्देशन दिएको हो ।

‘नेपाल  दूरसञ्चार  प्राधिकरणबाट  आधारभूत टेलिफोन  सेवाको  अनुमति पत्र  प्राप्त  संस्था श्री स्मार्ट टेलिकम प्रा.लि., कुमारी पाटी, ललितपुरले अनुमति पत्र (अनुमति पत्र नं. BTSL-01) नवीकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकोले उक्त अनुमति पत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ, ‘साथै, उक्त सेवाका सम्बन्धमा अनुमति पत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नु हुन समेत सूचित गरिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर