कांग्रेसलाई कसरी लोकप्रिय पार्टी बनाउने ? नेताहरु भन्छन्- कार्यशैली फेरौं – Nepal Press

कांग्रेसलाई कसरी लोकप्रिय पार्टी बनाउने ? नेताहरु भन्छन्- कार्यशैली फेरौं

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालै कांग्रेसले आफ्नो कार्यशैलीलाई बदल्नुपर्ने बताएका छन् ।

रामेछाप जिल्ला कार्यसमितिले मन्थली पार्टी कार्यलयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब तत्कालै नीति अधिवेशन गरेर देशभरका नेता कार्यकर्ताहरुको बदलिएको परिस्थितिमा कसरी जान उपयुक्त हुन्छ भन्नेबारे गहन समीक्षा गरेर अघि बढ्नुपर्ने बताए ।

परम्परागत प्रचार र पार्टी निर्माण शैलीले मात्रै आगामी चुनौती सामना गर्न नसकिने उनको भनाइ थियो । नयाँ पुस्ताको भावना र चाहना समेटेर अघि बढ्नुको विकल्प नभएको बताउँदै उनले भने, ‘कांग्रेसले आफूलाई समयको मागअनुरुप रुपान्तरण गर्ने र पार्टी नेता कार्यकर्ताहरुमा कमिटमेन्ट हुने हो भने अझै पनि जनताको बीचमा लोकप्रिय बन्न सकिन्छ ।’

कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले कांग्रेसले आफ्नो नीति र कार्यशैलीमा गम्भीर समीक्षा गरेर अघि बढ्न नसके आगामी दिन सहज नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर