खेलाडीको पौरख, दर्शकको खुसी (फोटो फिचर) – Nepal Press

खेलाडीको पौरख, दर्शकको खुसी (फोटो फिचर)

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको फाइनलमा मंगलबार यूएईलाई हराएर उपाधिमात्र जितेन, एसियाका ५ वटै टेस्ट राष्ट्र सहभागी हुने एसिया कपमा स्थान पनि बनाएको छ ।

त्रिवि क्रिकेट मैदानमा ११८ रनको लक्ष्य पूरा गरेपछि नेपाली क्रिकेट टोली र मैदानमा उपस्थित हजारौँ दर्शकले एकसाथ खुसीयाली मनाएका थिए । नेपाल यसअघि सन् २००२ को एसिया कपमा छनोट भएपनि त्यतिबेला उक्त प्रतियोगिता हुन सकेको थिएन ।

तत्कालीन एसीसी ट्रफीको फाइनलसम्म पुगेर नेपालले एसिया कपमा स्थान बनाएको थियो । उपाधि भिडन्तमा भने यूएईले हराएको थियो । त्यतिबेला एसीसी ट्रफीको फाइनलमा पुग्ने दुवै टोली एसिया कपमा छनोट हुने व्यवस्था थियो । त्यसयता सन् २०१२ मा आयोजना भएको एसीसी ट्रफीमा पनि नेपाल र यूएई फाइनलमा भिडेका थिए ।

खेल बराबरी भएपछि दुवै टोलीलाई संयुक्तरूपमा यो ट्रफी दिइएको थियो । एसिसीको सिनियरस्तरको प्रतियोगितामा त्यो नेपालले जितेको पहिलो उपाधि थियो । त्यसयता पहिलोपटक एसीसी प्रिमियर कपका रूपमा नेपाली सिनियर टोलीले उपाधि जितेको हो । एसीसी प्रिमियर कप, एसियाका टेस्ट मान्यताबाहेकका टोलीमात्रले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता हो ।

यसपटक समूहगत चरणमा अपराजित रहेको नेपाल सेमिफाइनल रद्ध भएपछि समूहमा बढी अंक प्राप्त गरेका आधारमा फाइनल पुगेको हो । प्रतियोगितामा नेपालका सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी घोषित भए भने १७ वर्षीय गुल्शन झाले प्लेयर अफ दी फाइनलको अवार्ड हात पारे ।

सन् २०१२ को एसिया कपमा भने चारवटा टेस्ट मान्यताप्राप्त टोलीलाई मात्र सहभागी गराइएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर