नुवाकोटका एमाले नेता घिमिरे जमलको होटलमा अर्धचेत अवस्थामा भेटिए


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य नारायण घिमिरे अर्धचेत अवस्थामा फेला परेका छन् ।
नुवाकोटको विदुर नगरपालिका ११ स्थायी घर भएका ४४ वर्षीय घिमिरे काठमाडौंको जमलमा रहेको कैलाश पर्वत होटलमा अर्धचेत अवस्थामा भेटिएका हुन् ।
उनी १६ गतेदेखि सो होटलमा बस्दै आएका थिए ।
सोमबार दिउँसो होटलको स्टाफले कोठाको ढोका भित्रबाट बन्द छ धेरै समयसम्म खुलेको छैन भनेर प्रहरीलाई खवर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो ।
ढोका फोडेर प्रहरी भित्र पस्दा उनी अचेत अवस्थामा भेटिएका थिए ।
सोही कोठाबाट SAS 505(Insecticide) नामक किरा मार्ने औषधिको बोतल पनि भेटिएको प्रहरीले जनाएको छ ।
यता, नुवाकोट प्रहरीले धेरैदेखि उनी सम्पर्कमा नभएको भन्ने परिवारको सूचनाअनुसार परिपत्र गरेको थियो ।
अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी होसमा आएका छैनन् ।
परिवारका सदस्य भने सम्पर्कमा आएका छन् ।