थाइल्यान्ड चुनावकी प्रधानमन्त्री उम्मेदवार आमा बनिन्, रोकिनन् चुनावी अभियान – Nepal Press

थाइल्यान्ड चुनावकी प्रधानमन्त्री उम्मेदवार आमा बनिन्, रोकिनन् चुनावी अभियान

काठमाडौ । यहि मे १४ अर्थात वैशाख ३१ मा हुने थाइल्यान्डको आम निर्वाचनमा प्रधानमन्त्रीको दौडमा रहेकी प्रतिपक्षी दलकी नेतृलाई सन्तान प्राप्ति भएको छ ।

३६ वर्षली फाइत्रोनतार्न सिनावात्राले सोमबार पुत्र लाभ गरेकी हुन् ।

पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी उनले आमा भएपछि पनि चुनावी अभियान रोकेकी छैनन् ।

भिडियो लिन्कमार्फत उनी चुनावी अभियानमा व्यस्त रहेको अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरुले उल्लेख गरेका छन् ।

यही शनिबार मात्रै पनि उनले चुनावी सभालाई सम्बोधन गरेकी थिइन् । जर्मन विश्व च्यानल डिड्ब्लुका अनुसार चुनावी सर्वेहरुमा उनकै अग्रता देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *