प्रधानमन्त्रीको दाबी- बैंकको ब्याजदर घट्दो क्रममा छ, फेरि थप घट्छ (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको दाबी- बैंकको ब्याजदर घट्दो क्रममा छ, फेरि थप घट्छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बनाएका छन् ।

मौलाकालिका केवलकार प्रालिद्वारा निर्मित मौलाकालिका केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नै पहलमा बैंकहरूले ब्याजदरमा कमि ल्याएको र वैशाख महिनाभित्रै ब्याजदरमा थप सुधार ल्याउने गरी काम भइरहेको बताए ।

उनले भने, ‘केही महिनाअघिसम्म व्यवसायीहरू निकै ठूलो संकटमा थिए । अहिले त्यसमा क्रमशः सुधार आउँदैछ । बैंकको ब्याजदर केही घटेको छ । यो महिनाभित्र थप केही घट्छ । अघिल्लोपटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा पनि अर्थतन्त्र अप्ठ्यारोमै थियो । तर, निकै ठूलो दुख र मेहेनतपछि त्यसमा राम्रो सुधार आयो। ७.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरियो ।’

राजनीति र अर्थतन्त्र दुवैमा राम्रो प्रगति भएको उल्लेख गर्दै उत्पादन र रोजगारीमा लगानी केन्द्रित नगरी समृद्धि र विकासको लक्ष्य हासिल गर्न नसकिने बताए ।

‘अर्थतन्त्र लयमा फर्किन थालेको छ । यसले उत्साहजनक नतिजा दिने मैले विश्वास लिएको छु । अर्थतन्त्रमा राम्रो सुधार ल्याएर, देशले सम्झिनलायक केही कामहरू गरेर सहमतिअनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने इच्छाका साथ काम गरिनेछ’ उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर